गरिमा विकास बैंकको शेयर मूल्य समायोजन
                                                                    
                                                                काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गरिमा विकास बैंकको शेयर मूल्य समायोजन भएको छ ।
बैंकले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य ३९३.४० कायम गरिएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ४१७ रुपैयाँ रहेको थियो ।
समायोजन गरिएको मूल्यबाट भोलिदेखि कारोबारमा आउनेछ ।
