फेजा र एडिबीको सहकार्यमा महिला आर्थिक पत्रकारहरुको लागि ६ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न
काठमाडौं । एसियाली बिकास बैंक (एडिबी) को सहायतामा महिला आर्थिक पत्रकार संघ (फेजा) द्धारा आयोजित ६ दिने “क्षमता अभिबृद्धि तालिम” सम्पन्न भएको छ । देशभरबाट २५ जना महिला आर्थिक पत्रकारहरुको सहभागिता रहेको सो कार्यक्रम अर्थमन्त्री रामेश्वर खनालले समापन गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले यस्ता प्रकारका तालिमले अर्थतन्त्र जस्तो जटिल र प्राविधिक विषयमा पनि सरल र सहज ढंगले जनतामाझ सही सुचना प्रबाहमा टेवा पुग्ने बताए ।
उनले महिला आर्थिक पत्रकारहरुलाई आर्थिक विषयमा थप समाचारहरु लेखेर सरकारलाई सही मार्गदर्शन गर्नमा मद्धत पुर्याउन आग्रह गरे ।
सो कार्यक्रममा बोल्दै एडिबी नेपालका राष्र्टि«य निर्देशक आर्नो कोश्वाले यस तालिमले महिला आर्थिक पत्रकारहरुको सशक्तिकरण हुने बताउँदैसमावेशिता र दिगो विकासमा समेत योगदान पुग्ने जानकारी दिइन ।
पत्रकारहरुले जनता र सरोकारवाला निकायविचको पुलको भुमिका निर्वाह गर्ने भएकोले उनीहरुलाई यस्ता तालिमहरु उपयोगी हुने समेत बताइन ।
कार्यक्रममा १५ जना महिला पत्रकारहरुले फेलोसिप समेत प्राप्त गरेका छन्।
