अदालतमा आगजनिको अंकगणित

गत २३ गतेको जेन जि प्रदर्शनमा क्रममा राज्यले गरेको दमनको प्रतिकार स्वरुप २४ गते देशभर आगजनि भयो । प्रदर्शनकारीहरूले देशभरिका विभिन्न सरकारी कार्यालयहरुसगै विभिन्न अदालत समेत आगजनीमा परे। देशभरका ७७ वटा जिल्ला अदालतमध्ये १० अदालतहरू आगजनि भएका छन् ।यसरि आगजनि भएका अदालतको बिश्लेषण गर्दा एउटा तथ्यमा विचार गर्नुपर्ने देखिन्छ ।
आदलतको आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका पुर्व उपप्रधानमन्त्रि तथा राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछाने का सहकारि ठगि सम्बन्धी मुद्दा ५ जिल्ला अदालतमा चलिरहेका थिए । ति अदालतहरुमा काठमाडै चितवन कास्कि रुपन्देहि र पर्सा जिल्ला अदालत थिए । १० बदालत जल्दा सयोगबस ति सबै अदालत जलेका छन्। अब लामिछानेको सहकारि ठगि मुद्दा रहेर पनि जल्न बाँकि जिल्ला अदालत छैनन । उनको मुद्दा नभएका केहि थप अदालतहरूमा मात्र आगजनि भएका देखिन्छ । यसले रवि लामिछानेका विचाराधीन मुद्दा भएका ५ वटै अदालतहरू संयोगवश ती १० जलेका अदालतहरूमा कसरी परे भन्ने प्रश्न उठाउँछ। यस्तो घटना पुर्णत संयोगवश भएको मान्ने हो भने त्यसको सम्भाबना कति आउला हेरौँ ।
यो घटनाको विश्लेषणका लागि हाइपरज्यामितीय सम्भाव्यता (hypergeometric probability) मोडेल उपयुक्त छ, किनभने: अदालतहरूको कुल सङ्ख्या सीमित छ (७७ वटा)। “सफलता” अर्थात् रवि लामिछानेका मुद्दा भएका अदालतहरूको सङ्ख्या निश्चित छ (५ वटा)। जलाइएका अदालतहरूको नमुना (१० वटा) कुल सङ्ख्याबाट छनोट गरिएको हो र एउटै अदालत दोहोर्याएर जलाउन सकिँदैन (without replacement)। हामीले यही नमुनाभित्र सबै ५ वटा “सफलता” पर्ने सम्भावना खोजिरहेका छौं।
यसलाइ बुझ्न एउटा सजिलो उदाहरणबाट हेरौँ ।
मानौँ एउटा भाँडोमा जम्मा ७७ वटा बल छन्। ती मध्ये ५ वटा रातो बल छन् (रबि लमिछानेका मुद्दा भएका अदालत)। बाँकी ७२ वटा सेता बल छन् (रबि लमिछानेका मुद्दा नभएका अदालत)। अब भाँडोबाट १० वटा बल निकालियो (१० अदालत जलाइयो)। त्यो ७७ बटा बलको पोकोबाट १० बटा बल निकाल्दा के सबै ५ वटा रातो बल (लमिछानेको मुद्दा भएका अदालत अदालत) पनि निस्कन्छन्?
यदि ७७ वटा अदालतहरूमध्ये १० वटा अदालतहरू अनियमित रूपमा जलाइएको भए, रवि लामिछानेका मुद्दा भएका सबै ५ वटै अदालतहरू ती जलेका १० अदालतभित्र पर्ने सम्भावना कति थियो? यस्तो अवस्थामा सामान्य गणितिय हिसाबले हाइपरज्यामितीय सम्भाव्यता (hypergeometric probability) गणना गर्दा यस्तो घटनामा यस्तो संयोग पर्ने सम्भावना 0.000078% प्रतिशत हुन आउने रहेछ। अर्थात १२,८०,००० मध्ये १ अर्थात शुन्य बराबर ।
गणनाले देखाएको अत्यन्त न्यून सम्भावना (करिब १२,८०,००० मा १ पटक मात्र) ले यो प्रष्ट बनाउँछ कि ७७ वटा जिल्ला अदालतमध्ये जलेका १० अदालत संयोगवश मात्र छानिएको भए, सबै ५ वटा रबि लमिछाने सम्बन्धित अदालत जल्ने घटना पर्न लगभग असम्भव थियो। हाइपरज्यामितीय विश्लेषणले यो देखाउँछ कि रवि लामिछानेका सबै ५ वटै मुद्दा भएका अदालतहरू संयोगवश जल्ने सम्भावना अत्यन्तै न्यून छ। यद्यपि गणितले संयोगलाई पूर्णरूपमा नकार्दैन ।
यद्यपि तथ्याङ्कीय असम्भाव्यताले मात्र जानाजानी निशाना बनाइएको प्रमाणित गर्न सक्दैन । यो एक सामान्य अकगणितबाट देखिएको असामान्य नतिजा मात्र हो। गणितिय रुपमा असम्भवजस्तै देखिएको यस्तो घटना कतै योजनाबद्ध ढंगले वा लक्षित उद्देश्यका कारण भएको त हैन । यसबारे थप अनुसन्धान हुन आवश्यक देखिन्छ ।