काँकरभिट्टाबाट आयात बढ्यो, निर्यात घट्यो

मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउन–भदौमा काँकरभिट्टाबाट ८ अर्ब १९ करोड रुपैयाँ बराबरका मालसामान आयात भएका छन्। यो अघिल्लो वर्षको सोही अवधिभन्दा ९% बढी हो।
तर, निर्यात भने घटेको छ। यस अवधिमा ३ अर्ब ६ करोड रुपैयाँको निर्यात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २१% कम हो।
निर्यातमा अलैंची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी जस्ता वस्तु प्रमुख छन् भने आयातमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चापदार्थ, तरकारी र कपडाजस्ता सामान बढी रहेका छन्।
यस अवधिमा आयात–निर्यातबाट २ अर्ब ६२ करोड ९५ लाख राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.६२% ले वृद्धि भएको कार्यालयले जनाएको छ।