सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, चाँदी पनि उकालो

स्थानिय बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य अघिल्लो दिनभन्दा ३,९०० रुपैयाँले बढेर २ लाख २१ हजार ७ सय रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।
यसअघि असोज ६ गते प्रतितोला २ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको मूल्य हालसम्मकै उच्च मानिएको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ६८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।