एनआईसी एशिया बैंकका ग्राहकका लागि लन्डन ब्रिज गार्डेन रिसोर्टमा विशेष छुट

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई लक्षित गरी नवलपरासीको बर्दघाटस्थित लन्डन ब्रिज गार्डेन रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ।
यस सम्झौता अनुसार, बैंकका सम्मानित ग्राहकहरूले रिसोर्टमा सेवा लिँदा डिजिटल भुक्तानी गर्ने क्रममा १० प्रतिशत छुट पाउनेछन्। यस सुविधाको लाभ लिनका लागि ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गर्न सक्नेछन्। साथै, मोबैंक एपमार्फत भुक्तानी गर्दा पनि सोही छुट उपलब्ध हुनेछ।
बैंकले यो सहकार्यलाई डिजिटल भुक्तानी संस्कृतिको प्रवर्द्धन र नगदरहित कारोबारलाई अझै सशक्त बनाउन महत्त्वपूर्ण कदमका रूपमा लिएको छ। यसमार्फत ग्राहकहरूलाई छुटको सुविधा मात्र नभई, सुरक्षित, सहज र पारदर्शी कारोबार प्रणालीमा सहभागी हुन पनि प्रेरित गर्ने विश्वास लिइएको छ।
एनआईसी एशिया बैंकले सदैव ग्राहक–केन्द्रित सेवाहरू विस्तार गर्दै आएको छ। यस किसिमका सहकार्यले ग्राहकहरूलाई थप सुविधा दिने मात्र नभई मुलुकमा डिजिटल अर्थतन्त्रलाई अगाडि बढाउने दिशामा समेत योगदान पुर्याउने अपेक्षा बैंकले व्यक्त गरेको छ।