स्काईपिक एड्भेन्चर्स पार्कले आईपीओ निष्कासन गर्ने

स्काईपिक एड्भेन्चर्स पार्क लिमिटेड कम्पनीले कात्तिक १ गते आयोजना गर्न लागेको साधारण सभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको छ ।
उक्त सभा काठमाण्डौको कालिमाटीमा रहेको कालिमाटी ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीको जारी पूँजीको २१ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने, आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक तथा प्रत्याभूतिकर्ता नियुक्त गर्ने, सेयर इस्यु रेटिङ गर्ने, कम्पनीको लगानी सम्बन्धी प्रस्ताव पारित गर्ने र जग्गा खरिद गर्ने र खरिद कार्यको अनुमोदन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
यस्तै सभामा गत आवका वार्षिक प्रतिवेदन तथा गत आवको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ ।