विदेशमा रहेका नेपालीलाई प्रतिनिधि सभा निर्वाचनमा सहभागी गराउने सरकारी तयारी
सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई समेत सहभागी गराउने तयारी गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले आज निर्वाचन आयोगसँगको छलफलमा समानुपातिकतर्फ भएपनि मताधिकारको व्यवस्था मिलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
उनले सर्वोच्च अदालतको आदेशअनुसार सम्भव हुने देशहरूमा नेपाली राजदूतावासमार्फत मतदानको व्यवस्था गर्ने र सम्भव नभएका स्थानमा प्रविधिको सहायता लिने बताउनुभयो।
गृहमन्त्री अर्यालले आवश्यक परे अध्यादेशमार्फत कानुनी अवरोध हटाइने र यसपटकको निर्वाचनमा नो भोट को व्यवस्था पनि मिलाइने जानकारी दिनुभयो।
