गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु
गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ। यो सुविधा बैंकको मोबाइल बैंकिङ एप ‘गरिमा डीजी बटुवा’ मार्फत उपलब्ध हुनेछ।
ग्राहकहरूले नजिकको शाखा कार्यालयमा गएर फारम भरेपछि सेवा सक्रिय गर्न सक्नेछन्। भर्चुअल कार्ड प्रयोग गरी फोनपे नेटवर्कअन्तर्गतका क्युआर कोडमार्फत सजिलै भुक्तानी गर्न सकिनेछ।
यस कार्डमा न्यूनतम १० हजारदेखि अधिकतम १ लाख रुपैयाँसम्मको क्रेडिट सीमा हुनेछ, जसमा अधिकतम ४५ दिनसम्म ब्याज नलाग्ने सुविधा प्रदान गरिएको छ। साथै, हिसाब राफसाफ गर्दा १०% वा १००% भुक्तानी गर्ने विकल्प पनि उपलब्ध हुनेछ।
बैंकको विश्वास छ कि भौतिक कार्डको सट्टा मोबाइल एपमा उपलब्ध यो भर्चुअल कार्डले ग्राहकलाई सुरक्षित, सरल र आधुनिक भुक्तानी अनुभव दिलाउनेछ।
