जेनजी आन्दोलनले शेयर बजारमा नेगेटिभ सर्किट

जेनजी आन्दोलनको प्रभावले सेयर बजार खुलेको दुई मिनेटमै नेगेटिभ सर्किट लागेको छ । लगानीकर्ताको मनोबल गिरेपछि नेप्से परिसूचक १०७.०४ अंक (४%) ले घट्दा कारोबार २० मिनेटका लागि रोकिएको हो ।
बजारमा बाई अर्डर न्यून र सेल अर्डर अत्यधिक बढेकाले सर्किट लागेको हो । बजार पुनः खुलेपछि लगातार ५% र ६% सम्म घटेमा क्रमशः ४० मिनेटका लागि र आजैका लागि कारोबार निलम्बन हुने व्यवस्था रहेको नेप्सेले जनाएको छ ।