उपल्लो मुस्ताङको चराङमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन स्थापना
जोमसोम–कोरला राजमार्ग अन्तर्गत उपल्लो मुस्ताङको चराङमा विद्युतीय चार्जिङ स्टेसन स्थापना गरिएको छ । दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बुधबार उक्त स्टेसनको उद्घाटन गर्नुभयो ।
यो स्टेसन सञ्चालनमा आएपछि उपल्लो मुस्ताङ हुँदै कोरला नाकासम्म पुग्ने विद्युतीय सवारीसाधनलाई सहज हुने भएको छ । ओमडा एण्ड जेको नेपाल कम्पनीद्वारा सञ्चालित यस चार्जिङ स्टेसनले स्थानीय रोजगारी बढाउनुका साथै वातावरणमैत्री यातायात प्रवर्द्धनमा योगदान गर्ने विश्वास लिइएको छ ।
