संयुक्त उर्जाले आइपिओ निष्काशन गर्ने, लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक

काठमाडौँ । संयुक्त उर्जा लिमिटेडले सर्वसाधारणका लागि आइपिओ (साधारण सेयर) निष्काशन गर्ने भएको छ । कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
सो सम्बन्धी सम्झौतापत्रमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र संयुक्त उर्जा लिमिटेडका प्रबन्ध सञ्चालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरेका छन् ।
कम्पनीले प्रतिकित्ता रु. १०० अंकित दरका ४१ लाख ६० हजार कित्ता साधारण सेयर जारी गर्नेछ । यसबाट कुल रु. ४१ करोड ६० लाख बराबरको पूँजी सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।
संयुक्त उर्जा लिमिटेडले म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकामा अवस्थित २१.३ मेगावाट क्षमताको ठूलो खोला जलबिद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन सुरु गरिसकेको छ।