साइमेक्स इंकले सार्वजनिक गर्यो बीवाईडी एट्टो २, नाडा अटो शोमा बुकिङ गर्ने ग्राहकले पाउनेछन् अफर

काठमाडौँ । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंकले अल–न्यु बीवाईडी एट्टो २ सार्वजनिक गरेको छ ।
सबैले किन्न सक्ने कम्प्याक्ट इलेक्ट्रिक एसयूभीको रुपमा रहेको सो बिवाइडी एट्टो २ ईभी नाडा अटो शो २०२५ मा भव्य समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त इभी गाडी सार्वजनिक गरेका थिए ।
कम्पनीका अनुसार, बीवाईडी एट्टो २ इभी सबैका लागि उपयुक्त मूल्यमा उपलब्ध हुनेछ । युवा व्यवसायी र परिवारको जीवनशैलीलाई लक्षित गरी कम्प्याक्ट डिजाइन र सहज ह्याण्डलिङ गर्न सकिनेछ ।
त्यस्तै उक्त नयाँ ब्रान्डको इभीमा ब्लेड ब्याट्री, स्मार्ट इन–क्याबिन प्रविधि तथा प्रिमियम कम्फर्ट फिचर समावेश हुन्छन् । कम्पनीका अनुसार, नाडा अटो शोमा सार्वजनिक गरिएको बीवाईडी एट्टो २ हाल नेपालमा ४३ लाख ९९ हजार रुपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध छ, जसमा ७ किलोवाटको वाल–माउन्टेड चार्जर समेत समावेश छ ।
कम्प्याक्ट आकारमा दमदार डिजाइन र भर्सटाइल डिजाइनमा उक्त इभी उपलब्ध छ । त्यस्तै, यो इभी ४,३१० एमएम लम्बाइ, १,८३० एमएम चौडाई, १,६७५ एमएम उचाई र २,६२० एमएम ह्विलबेससहित २०० एमएम ग्राउन्ड क्लियरेन्स भएकोले यो शहर तथा शहरोन्मुख सबै नेपाली सडकका लागि उपयुक्त छ ।
बीवाईडी एट्टो २ मा ५१.१३ किलोवाटको ब्लेड ब्याट्री छ, जसले सिंगल चार्जमा डब्लुएलटीपी अनुसार ३४५ किलोमिटरको ड्राइभिङ रेन्ज दिन्छ। यसमा भएको १०० किलोवाटको परमानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले २९० एनएम टर्क उत्पादन गर्छ र ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ९ सेकेन्डमै लिन्छ ।
बीवाईडी एट्टो २ को भित्रतिर रहेको सिन्थेटिक लेदर अपहोल्स्ट्री, भेन्टिलेटेड फ्रन्ट सिट, ६–वे पावर ड्राइभर सिट र ४–वे पावर प्यासेन्जर सिटले स्टाइल र व्यावहारिकताको संयोजन गराएको छ । फ्ल्याट ईभी फ्लोर डिजाइन र ६०४० तरिकाले स्प्लिट गर्न सकिने रियर सिटले अतिरिक्त सामान राख्न मिल्ने गरी कार्गो क्जिबिलिटीको सुविधा दिन्छ ।
बीवाईडी एट्टो २ मा उपलब्ध १२.८ इन्चको इन्टेलिजेन्ट रोटेटिङ टचस्क्रिन, एप्पल कारप्ले र एन्ड्रोइड अटो, ८.८ इन्चको एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, भ्वाइस असिस्टेन्ट र वायरलेस स्मार्टफोन चार्जिङ जस्ता फिचरले प्रविधि अनुभवलाई केन्द्रमा राखेको छ ।
ब्लेड ब्याट्री र सेल–टु–बडी प्रविधि
नयाँ बीवाईडी एट्टो २ बीवाईडीको विश्वप्रसिद्ध ब्लेड ब्याट्री तथा एड्भान्स्ड सेल–टु–बडी (सीटीबी) निर्माण प्रविधिबाट बनेको छ ।
कोबाल्ट र निकेलमुक्त ब्लेड ब्याट्रीमा लिथियम आइरन फस्फेट (एलएफपी) रसायनको प्रयोग हुन्छ र यो लामो समय सम्म टिकाउ, दीर्घकाल सम्म प्रयोग गर्न सकिने र उच्च तापक्रममा पनि उपयुक्त हुन्छ । यी सबैका लागि यो ब्याट्रीले उद्योगकै कडा नेल पेनेट्रेसन टेस्ट सफलतापूर्वक पास गरिसकेको छ।
बिवाईडीको एट्टो २ इभी लन्च कार्यक्रममा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘बीवाईडी एट्टो २ ले सबै नेपाली ग्राहकलाई इलेक्ट्रिक एसयुभी अझै पहुँचयोग्य बनाउने एक माइलस्टोनको प्रतिनिधित्व गर्छ । यसमा भएको व्यवहारिकता, सुरक्षा र अत्याधुनिक प्रविधिका कारण ग्राहकले इन्ट्री–लेभल एसयूभीबाट गर्ने अपेक्षा पुरा गर्ने कुरामा हामी विश्वस्त छौ ।’
यसबाहेक ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी) ट्रयाक्सन कन्ट्रोल (टीसीएस), हिल डिसेन्ट कन्ट्रोल (एचडीसी) र आईसोफिक्स एङ्कर लगायतले पुरै सुरक्षा सुनिश्चित गर्छन् ।
नाडा अटाेका ग्राहकका अफर
साइमेक्स इंकले बीवाईडी एट्टो २ को एक भेरिएन्ट मात्र उपलब्ध गराएको छ र यसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ, जसमा ७ किलोवाटको वाल चार्जर पनि समावेश छ । यस वाहेक नाडा अटो शो २०२५ मा बुकिङ गर्ने ग्राहकहरूले निम्न विशेष फाइदा समेत प्राप्त गर्नेछन्ः
निःशुल्क १ वर्षको अटो प्लस इन्सुरेन्स
निःशुल्क ३।३ किलोवाट पोर्टेबल चार्जर
१० वर्षको विस्तारित वारेन्टी
निःशुल्क एसेसरिज प्याकेज
निःशुल्क १० वर्ष सम्म बीवाईडी एप कनक्टिभिटी
नेपालमा ईभी विकासप्रति प्रतिबद्धता
कलर र उपलब्धता
बीवाईडी एट्टो २ चार आकर्षक कलर अप्सन ब्रिज ग्रीन, हार्बर ग्रे, कसमस ब्ल्याक र स्की ह्वाइटमा उपलब्ध छ, जसको भित्री इन्टेरियरमा ब्ल्याक फिनिस रहेको छ । यो सँगै देशभरका बीवाईडी शोरुमहरुमा यो गाडीको बुकिङ समेत खुला गरिएको कम्पनीले जनाएको छ ।