सिन्धुलीको भिमस्थानमा तागाधारीहरुद्धारा सामुहिक स्नान र जनै धारण

सिन्धुली । जनै पुर्णिमा रक्षावन्धन अर्थात ऋषि तर्पणीका अवसरमा सिन्धुलीको भिमस्थानमा तागाधारीहरुद्धारा सामुहिक स्नान गरी जनै धारण गरेका छन् ।
चदाहा नदीमा स्नान गर्ने क्रममा उनीहरुले जौ,तिल,कुश ताम्रपात्र शुद्ध माटो,गाइको गोवर,खरानी,दूवो,अपमार्ग,फलफूल अक्षता चन्दन आदि पूजा सामाग्री सहित श्रावणी विशेष स्नान गरेका थिए ।
तागाधारीहरुको अत्यधिक वसोवास रहेको सिन्धुली जिल्लाको तीनपाटन गाउ“पालिका स्थित भिमस्थान बेलघारीका स्थानीयले आज सबेरैदेखि स्थानीय चदाहा नदीमा सामुहिक रुपमा स्नान गरी ब्रँम्हणद्धारा मन्त्रणा गरिएको यज्ञोपवित तथा रक्षाबन्धन धारण गरेका थिए ।
जनै पूर्णिमा,श्रावणी,रक्षावन्धन वा ऋषि तर्पणीमा तीनपाटन बेलघारीका वैदिक सनातन हिन्दू धर्मावलम्वीहरुले विगतदेखि नै सामुहिक रुपमा चदाहा नदीमा स्नान गरी यज्ञोपवीत तथा रक्षाबन्धन धारण गर्दै आएको स्थानीय चन्द्रदीप कोईरालाले बताए ।
आजको दिन तागाधारी अर्थात ब्राह्मण क्षेत्री तथा वैश्यहरुले सवेरै उठी नित्य नैमित्तिक कर्म पुरा गरी गुरु शिष्य,वा पुरोहित र यजमान समेतका साथमा गंगादि पवित्रनदी वा तलाउमा गएर विशेष किसिमले स्नान ,ध्यान तर्पण गर्नुे प्रचलन अनुसार भिमस्थान बेलघारी क्ष्ँेत्रका स्थानाीयले आफ्नो परम्परा मान्दै आएका हुन् ।
सो पावन अवसरमा उनीहरुले ब्राह्मणहरुद्वारा वैदिक मन्त्रका साथ अभिमन्त्रित गरिएको यज्ञोपवीत तथा रक्षाबन्धन धारण गरी तन मनले शुद्ध हुने र मिश्रित गेडागुडीको टुसा पलाएको स्वस्थकर क्वाटी लगाएतका परिकारको भोजन गरेका थिए ।
जनै पुर्णिमा रक्षावन्धन अर्थात ऋषि तर्पणीका अवसरमा सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडी,रानिवास,कुशेश्वर दुम्जा,दुधौली,कपिलाकोट, खुर्कोट लगाएतका स्थानहरुमा तागाधारीहरुले सामुहिक स्नान गरी जनै धारण गरेका छन् ।