इन्जिनियरिङ परिषद्को रजिस्ट्रारमा ध्रुवराज भट्टराई नियुक्त
काठमाडौं । इन्जिनियरिङ परिषद्को रजिस्ट्रारमा ध्रुवराज भट्टराई नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई रजिस्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठ २७ गते रजिष्ट्रार नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो ।
जसमध्ये ६ जना आवेदकको नाम संक्षिप्त सूचीमा परेको थियो ।
भट्टराईसहित कामेश्वर यादव, कुल भूषण शर्मा, ज्योत्सना श्रेष्ठ, रमेश ज्ञवाली र शिव मंगल गिरी थिए । ती मध्येबाट भट्टराईलाई नियुक्त गरिएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । भट्टराई तनहुँ निवासी हुन् ।

