नेपालमा ब्युररको आधिकारिक आगमन, अब जर्मन स्वास्थ्य प्रविधि नेपाली घरघरमा

काठमाडौँ – जर्मनीको प्रतिष्ठित स्वास्थ्य तथा वेलनेस उपकरण निर्माता कम्पनी ब्युरर (Beurer GmbH) ले अब आधिकारिक रूपमा नेपालमा आफ्नो सेवा सुरू गरेको छ। अब नेपाली उपभोक्ताहरूले घरमै स्वास्थ्य जाँच गर्न सकिने विश्वसनीय र आधुनिक उपकरणहरू प्रयोग गर्न पाउनेछन्।
सन् १९१९ मा स्थापना भई जर्मनीको उल्म शहरमा मुख्यालय रहेको ब्युरर हाल १४० भन्दा बढी देशहरूमा फैलिएको छ र यसका १,६०० भन्दा बढी कर्मचारी कार्यरत छन्। व्यक्तिगत स्वास्थ्य, वेलनेस र मेडिकल प्रविधिको क्षेत्रमा ब्युररले विश्वभर आफूलाई एक अग्रणी ब्रान्डको रूपमा स्थापित गरिसकेको छ।
नेपालमा यसको आधिकारिक सुरुवात काठमाडौँको त्रिपुरेश्वरमा आयोजित एक विशेष कार्यक्रममा गरियो। कार्यक्रममा ब्युरर इन्डियाका कन्ट्री म्यानेजर रोहित सैनी र नेपालका लागि आधिकारिक वितरक नेपाल ओभरसिज मार्केटिङ कम्पनी का कार्यकारी निर्देशक राहुल अग्रवाल प्रमुख अतिथिका रूपमा सहभागी थिए।
सैनीले भने, ‘ब्युररले सधैं भरपर्दो र नवप्रवर्तनयुक्त प्रविधिबाट व्यक्तिको जीवनस्तर सुधारमा ध्यान दिँदै आएको छ। स्वास्थ्यप्रति जागरूकता बढ्दै गएको नेपाली बजारमा आफ्नो उपस्थिति जनाउन पाउँदा हामी निकै उत्साहित छौं।’
यस अवसरमा अग्रवालले भने, ‘गुणस्तर र भरोसाको प्रतीक बनेको विश्वस्तरीय ब्रान्ड ब्युररलाई नेपालमा ल्याउन पाउँदा हामी गौरवान्वित छौँ। घरमै स्वास्थ्य निगरानी गर्ने प्रवृत्ति तीव्र गतिमा बढिरहेको यो समयमा ब्युररका उपकरणहरू समय सान्दर्भिक र परिवर्तनकारी सावित हुनेछन्।’
नेपाली बजारमा उपलब्ध हुने प्रमुख उत्पादनहरू
सुरुवातमा ब्युररले नेपाली बजारमा आफ्नो उच्च गुणस्तरका निम्न स्वास्थ्य उपकरणहरू उपलब्ध गराउनेछ:
डिजिटल रक्तचाप नाप्ने मेसिन
नेबुलाइजर (श्वासप्रश्वास हेरचाहका लागि)
ग्लुकोमिटर (रगतमा चिनीको मात्रा मापन गर्ने यन्त्र)
डिजिटल थर्मोमिटर
यी सबै उपकरणहरू जर्मन इन्जिनियरिङ, प्रयोगमैत्री डिजाइन, र क्लिनिकल–ग्रेड सटीकतासहित निर्मित छन्, जसले घरेलु प्रयोगकर्तादेखि स्वास्थ्यकर्मीहरूसम्म सबैको आवश्यकता पूरा गर्छ।
ब्युररले दिगोपन, नवीनता, गुणस्तर, र जन–प्रतिबद्धता मा आधारित आफ्नो ब्रान्ड मूल्यलाई नेपालको सन्दर्भमा पनि पूर्ण रूपमा लागू गर्ने जनाएको छ।