नाडाद्वारा रसुवामा आएको बाढी पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन आग्रह

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)हालै रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन आग्रह गरेको छ । नाडाले एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो ।
विज्ञप्तीमा भनिएको छ,‘रसुवामा आएको बाढीले केवल मानवीय जनजीवन मात्र नभई मुलुकको प्रमुख व्यापारिक नाका केरुङ रसुवागढीमार्फत हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पु¥याएको छ । यसले भन्सार परिसरमा रहेका निर्माणाधिन सुख्खाबन्दरगाह, पार्किङ्गमा रहेका कन्टेनरसमेत बगाएको छ । यस कठिन घडीमा हामी सम्पूर्ण पीडितप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छौं । आफ्नो घर, व्यवसाय र जीवनयापनगुमाउनु परेको पीडा अवर्णनीय छ र हामीत्यसमागहिरो सहानुभूति प्रकट गर्दर्छौं ।’
नाडाले हरेक कठीन घडीहरुमा अटोमोवाइल क्षेत्रका सम्पूर्ण सदस्यको सधैं साथमा रहदै आएको समेत जनाएको छ । ‘पीडितको हिम्मत, धैर्यता र पुनःस्थापनाका प्रयासमा हामी ऐक्यबद्धता जनाउँछौं । यदि यस विषम् परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव छ भने जानकारी गराउनु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौँ । यो संकटको घडीमा हामी सबै मिलेर सहयोग र करुणाका साथ अघि बढ्न अनुरोध गर्दछौँ,’ नाडाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।