बेष्ट फाइनान्सको २८औँ वार्षिक साधारणसभा सम्पन्न, मर्जरमा जाने प्रस्ताव पारित

काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २८औँ वार्षिक साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/८२ को समग्र समीक्षा प्रस्तुत गर्दै साधारणसभाले आगामी रणनीतिक योजना र महत्वपूर्ण प्रस्तावहरू पारित गरेको हो।
भाले कम्पनीको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने (मर्जरमा जाने) वा प्राप्ति गर्ने सम्बन्धी प्रस्तावमाथि छलफल गर्दै अनुमोदन दिएको छ। यो प्रस्ताव पारित भएसँगै कम्पनीले आगामी दिनमा संस्थागत पुनःसंरचना र सेवा विस्तारका सम्भावनाहरूलाई अघि बढाउने संकेत दिएको छ।
साथै, साधारणसभाले प्रा. डा. रामजी गौतम, सुशीला खनाल, रामचन्द्र देवकोटा, खिमलाल पौड्याल, रामलाल श्रेष्ठ र विष्णुप्रसाद ज्ञवालीलाई निर्विरोध रूपमा सञ्चालक समितिमा निर्वाचित गरेको छ।
संस्थाले हालसम्मको यात्रामा शेयरधनी, ग्राहक, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ प्रभावकारी, नवीनतम् र प्राविधिक रूपमा सशक्त सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।