इनफिनिक्सले नेपालमा सार्वजनिक गर्यो स्मार्ट १० र स्मार्ट १० प्लस सिरिज, सुरुवाती मूल्य रू. ११,४९९

काठमाडौँ । इनफिनिक्स नेपालले आफ्नो नयाँ बजेट स्मार्टफोन सिरिज स्मार्ट १० र स्मार्ट १० प्लस सिरिज नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। कम्पनीले युवापुस्ताको प्राथमिकता र दैनिक प्रयोगका लागि आवश्यक फिचरहरूलाई ध्यानमा राख्दै यो सिरिज ल्याएको जनाएको छ।
स्मार्ट १० को ४GB RAM र ६४GB स्टोरेज रहेको मोडेलको सुरुवाती मूल्य रु. ११,४९९ निर्धारण गरिएको छ भने स्मार्ट १० प्लसको ४GB RAM र १२८GB स्टोरेज रहेको भर्सनको मूल्य रु. १२,९९९ राखिएको छ।
यस सिरिजको मुख्य आकर्षण भनेको ६.६७ इन्चको HD+ डिस्प्लेमा रहेको १२०Hz रिफ्रेश रेट हो, जुन मूल्यको हिसाबले नेपालमा पहिलो पटक देखिएको प्रविधि हो। स्क्रोल, गेम र भिडियो अनुभव अत्यन्त स्मूथ हुने कम्पनीको दाबी छ।
स्मार्ट १० मा ५०००mAh ब्याट्री र १५W चार्जिङ सुविधा छ भने स्मार्ट १० प्लसमा अझ बढी ६०००mAh ब्याट्री र १८W चार्जिङ सपोर्ट उपलब्ध छ। साथै, RAM Expension प्रविधिबाट दुवै मोडेलमा RAM ८GB सम्म विस्तार गर्न मिल्ने छ।
८MP AI क्यामेरा, ३००% अल्ट्रा भोल्युम डुअल स्पिकर, धुलो तथा पानीबाट सुरक्षा (IP64), Android™ 15 मा आधारित XOS 15.1 अपरेटिङ सिस्टम, र TÜV प्रमाणित ४८ महिनासम्मको स्मूथ प्रदर्शन यस फोनका थप विशेषता हुन्।