स्विस टाइमपिसद्वारा काठमाडौंमा ‘ह्यामिल्टन’ घडी सार्वजनिक

काठमाडौँ । काठमाडौंको दरबारमार्गस्थित लक्जरी घडीको अग्रणी विक्रेता स्विस टाइमपिस ले विश्वप्रसिद्ध ब्रान्ड ह्यामिल्टन घडीहरू नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। विश्वभरका प्रतिष्ठित टाइमपिस ब्रान्डहरूलाई समेट्दै आएको स्विस टाइमपिसले नेपालमा लक्जरी घडी संस्कृतिको विकासमा नयाँ अध्याय थपेको छ।
सन् १८९२ मा अमेरिकाबाट सुरु भएको ह्यामिल्टन ब्रान्ड हाल स्विट्जरल्याण्डमा निर्माण हुने घडी हो, जुन स्वाच ग्रुप अन्तर्गत पर्छ। सैन्य, हवाइ यात्रु र साहसिक अभियानमा प्रयोग हुने यी घडीहरू ५०० भन्दा बढी हलिउड चलचित्रहरूमा समेत देखिइसकेका छन्। समयसँगै समाहित डिजाइन, प्राविधिक उत्कृष्टता र सांस्कृतिक सम्पदा ह्यामिल्टनको पहिचान बनेको छ।