‘धनपुरे टोल’ आइतबारदेखि प्रसारण हुने

काठमाडौं । सुरेश थापा निर्देशित नयाँ कमेडी टेलिसिरियल ‘धनपुरे टोल’ आउँदो आइतबारदेखि प्रसारण हुने भएको छ । यसको निर्माता श्रीकृष्ण श्रेष्ठ हुन् । धनपुरे टोलको टिजर र ट्रेलर यसअघि नै युट्युबमा सार्वजनिक भइसकेको छ ।
फरक पेशा अंगालेका तर एउतै टोलमा बस्ने मानिसहरूको कथा धनपुरे टोलमा देखाइने निर्माण पक्षले जनाएको छ ।
‘धनपुरे टोल’मा तीन महिनाअघि प्रसारण रोकिएको चर्चित सिरियल ‘सक्किगोनि’ का कलाकारहरू बबिन राई (गल्फने), रश्मी पाण्डे (माकुरी), भावना आचार्य (लुरी), सुस्मिता कुवँर (छोटी), कविराज भाम (मान्ठा) लगायत कलाकारको अभिनय छ ।