क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिनालगानी फोनबाटै आम्दानी

काठमाडौं । इन्टरनेट नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले डिलर पार्टनर आह्वान गरेको छ ।
शून्य लगानीमा डिलर पार्टनर बन्न डिलर एपमार्फत फोनबाट सजिलै जताबाट पनि मासिक २० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने कम्पनीले जनाएको छ ।
डिलर पार्टनर एप निकै सहज भएकाले ३ क्लिकमा कमाइ हुने र झन्झट नहुने पनि कम्पनीको भनाइ छ । इन्टरनेट र टीभी जडान बापत प्रतिजडान १ हजार ४ सय रुपैयाँसम्म बसिबसी कमाउन सकिने छ ।
जो कोहीले डिलर पार्टनर बन्नका लागि गुगल प्ले स्टोर र एप स्टोरबाट डिलर पार्टनर एप लगइन गरेर केवाईसी फारम प्रमाणित गर्नुपर्ने कम्पनीले जनाएको छ ।