सुन प्रतितोला एक हजार ७०० रुपैयाँले बढ्यो

काठमाडौं । बैशाख २४ गते, बुधबार, नेपाली बजारमा दोस्रो दिन पनि सुनकाे मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन सुन प्रतितोला एक हजार ७०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने स्थिर भएको छ । आज चाँदीको खरिदबिक्री मंगलबारको बजारमा कायम मूल्यलाई आधार मानेर हुने भएको हो । आज चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको छ ।