भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो

नयाँ दिल्ली । भारतले ’अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ । भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरुबाट भारतमाथि हुने आतंकी आक्रमणहरुको योजना र निर्देशन भइरहेको थियो ।
यो कारबाही अप्रिल २२ मा भारत–नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो । भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ ।
भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमण पूर्णरुपमा लक्षित र सटीक थियो । केवल चिनिएका आतंकी शिविरहरुलाई मात्र निसाना बनाइएको हो ।“
यता, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गर्दै बलियो जवाफ दिने चेतावनी दिएका छन् ।
संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । उसले भनेको छ, “दुई आणविक शक्तिहरुबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ ।“ एएनआई