विकास हाइड्रोपावरले आईपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले मंगलबार ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।