सुन आयातको सिफारिस गर्दा कुनै शुल्क लिन नपाइने

काठमाडौं । वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा सुन व्यवसाय गर्ने संघले कुनै प्रकारको दस्तुर वा शुल्क लिन नपाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी सुन व्यवसाय सम्बन्धी संघ वा महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क नलिन सुचित गरेको हो ।
सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि २०६८ विद्यमान रहेको र उक्त कार्यविधिको दफा १४ तथा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ बमोजिम सो सूचना जारी गरिएको केन्द्रीय बैंकले जनाएको छ ।