हायर पर्चेज कम्पनीहरुले पनि निजी प्रयोजनका र विद्युतीय सवारीमा ६० प्रतिशत मात्र कर्जा दिन पाउने

काठमाडौं । हायर पर्चेज कम्पनीहरुले पनि सबै प्रयोजनका विद्युतीय सवारी साधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधनमा ऋण मूल्यको अनुपात (लोन टु भ्याल्यू रेसियो) अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार “हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (पाँचौं संशोधन २०८२) जारी गर्दै उक्त व्यवस्था गरेको हो ।
नयाँ व्यवस्था अनुसार अब हायर पर्चेज कम्पनीहरुले सबै प्रयोजनका विद्युतीय सवारी र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधनमा अधिकतम ६० प्रतिशत मात्र कर्जा प्रवाह गर्न पाउने छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाहरुका लागि पनि सोही व्यवस्था गरेको थियो ।