एनएमबि बैंकले ५ अर्ब रुपैयाँको बन्ड बिक्री गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौं : एनएमबि बैंकले ५ अर्ब रुपैयाँ बराबरको बन्ड बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ५० लाख इकाई बन्ड बिक्री गर्न अनुमति मागेको हो । यसमध्ये २० लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने बाँकी ३० लाख इकाई बैंकले आफ्नै पहलमा बिक्री गर्नेछ ।
एनएमबि बैंकले ७ वर्ष अवधि भएको ‘७% एनएमबि पावर बन्ड १’ निष्कासन गर्न लागेको हो । यसमा वार्षिक ७ प्रतिशत ब्याजदर तोकिएको छ । यसमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।