एफवान सफ्ट ग्रुपको आयोजनामा ‘बैंकर्स मिटअप, २०२५’ आयोजना

ललितपुर । एफवान सफ्ट ग्रुप अन्तर्गतका एफवान सफ्ट इन्टरनेशनल, फोनपे र ईसेवासँगको योजनागत साझेदारीमा आज ललितपुरस्थित द प्लाजामा २०२५ को बैंकर्स मिटअप सम्पन्न भएको छ । कार्यक्रममा नेपालका प्रमुख बैंक र वित्तीय संस्थाका सीईओहरू र वरिष्ठ नेतृत्वकर्ताहरूलाई एकै मंचमा उपथित थिए । जहाँ डिजिटल भुक्तानी क्षेत्रमा नवीनतम प्रविधि र सेवाहरू प्रस्तुत गर्दै भविष्यमुखी छलफल र सहकार्यको महत्त्वमा केन्द्रित प्रस्तुतीहरू गरिएका थिए ।
नेपालको वित्तीय क्षेत्रमा करिब एक दशकदेखि बैंकर्स मिटअप सबैभन्दा प्रतिष्ठित बन्द–ढोका कार्यक्रमको रूपमा स्थापित रहँदै आएको छ । यसले रणनीतिक साझेदारी, सहकार्यको संस्कृति र नेपालको बैंकिङ क्षेत्रको आगामी अध्याय निर्माण गर्ने अद्वितीय मंच प्रदान गर्छ । यस वर्षको कार्यक्रम डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ताडेटा र ओपन बैंकिङ्ग इकोसिस्टको प्रभावमा केन्द्रित थियो । जसले वित्तीय सेवाहरूको परिभाषा नै नयाँरूपले पुनःपरिकल्पना गरेको छ ।
यस कार्यक्रमको मुख्य आकर्षणको रूपमा एफवान सफ्ट इन्टरनेशनल, फोनपे र ईसेवाद्वारा गरिएका नयाँ र विशेष फिनटेक नवप्रवर्तनहरूको सार्वजनिक घोषणा थियो । जहाँ हरेक समाधान शीर्षकसँग मेल खाने गरी प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । फोनपेले ओपन बैंकिङ र ब्लकचेन प्रविधिमार्फत सक्षम (खाता सङ्कलक) को नयाँ अवधारणा प्रस्तुत गर्यो । यो प्रविधिले बैंकहरूलाई डिजिटल रूपमा सशक्त ग्राहकहरूलाई आफ्ना वित्तीय डाटामाथि अझ बढी सुविधा, पारदर्शिता र नियन्त्रण दिने सहज बनाउनेछ ।
कार्यक्रममा ईसेवाले आफ्नो नयाँ (एजेन्टिक एआई) प्रविधि सार्वजनिक गर्यो।यसले प्रयोगकर्ताहरूलाई वित्त व्यवस्थापन, यात्रा योजना र आवश्यकता परेमा वास्तविक समयमा एआई सहयोग उपलब्ध गराउने कार्यमा एआईको प्रयोग गरेर अझ स्मार्ट र अत्यधिक व्यक्तिगत अनुभवहरू सिर्जना गर्दछ । एफवान सफ्टले आफ्नो डिजिटल अनबोर्डिङ प्लेटफर्म प्रस्तुत गर्यो, जसले अप्टिकल क्यारेक्टर रिकग्निशन र फेशियल रिकग्निशन प्रविधिको प्रयोगमार्फत प्रयोगकर्तालाई सहज, छिटो र सुरक्षित अनबोर्डिङ अनुभव प्रदान गर्दछ ।
कार्यक्रमलाई अझ विशेष बनाउनका लागि प्रमुख वक्ता रूपमा आमन्त्रित गरिएको थियो माइकल क्लार्कलाई, जो फ्यूचर (भविष्यका) प्रविधिहरू, डाटा र क्षेत्रमा विश्वभर चिनिएका विशेषज्ञ हुन् । र, जसको मास्टरकार्ड र जेपी मोर्गनमा वरिष्ठ नेतृत्व अनुभव रहिसकेको छ । क्लार्कले आफ्नो प्रस्तुतिमा बैंकिङ क्षेत्रमा परम्परागत सोचलाई चुनौती दिँदै एउटा स्पष्ट रोडम्याप प्रस्तुत गरे । यसले प्रविधि, नीति र ग्राहक अपेक्षाहरूबीचको अन्तराल पूरा गर्ने ‘बौद्धिक परिवर्तन’ (इन्टेलेक्चुअल ट्रान्सफर्मेसन) को मार्ग देखाए—जसले नेपाली बैंकिङ प्रणालीको भविष्यलाई पुनः परिभाषित गर्ने सम्भावना जगाएको छ ।