सानिमा बैंकको २१औं वार्षिक साधारणसभा सम्पन्न, ७.३६ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो २१औं वार्षिक साधारणसभा आइतबार सम्पन्न गरेको छ। बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिको प्रस्ताव अनुसार हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाबाट संस्थापक शेयरधनीहरूको तर्फबाट तुक प्रसाद पौडेल, बलराम पराजुली, र निशा कुम्पाख निर्बिरोध निर्वाचित भएका छन्।
आर्थिक वर्ष २०८१/८२ मा सानिमा बैंकले रु. २ अर्ब ५७ करोड खुद नाफा आर्जन गरेको छ। सोही अवधिमा बैंकको कुल सम्पत्ति रु. २६३.५५ अर्ब, कुल निक्षेप रु. २२५.४८ अर्ब, र खुद कर्जा सापटी रु. १८३.४५ अर्ब पुगेको छ। गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १३.०९%, ११.२२% र १२.७०% वृद्धि भएको बैंकले जनाएको छ।
वित्तीय स्थायित्वका दृष्टिले पनि सानिमा बैंक सुदृढ अवस्थामा रहेको छ। असार मसान्त २०८२ सम्मका प्रमुख वित्तीय सूचकहरू यसप्रकार छन्ः
निष्क्रिय कर्जा (NPL): ३.०१%
पुँजीकोष अनुपात (Capital Adequacy Ratio): १३.०१%
तरलता अनुपात: ३०.९५%
कर्जा–निक्षेप अनुपात (LDR – मासिक औसत): ८१.०३%
बैंकले आगामी वर्षहरूमा पनि सन्तुलित कर्जा विस्तार, डिजिटल सेवा प्रवर्द्धन र ग्राहकमैत्री बैंकिङ सेवामा ध्यान केन्द्रित गर्ने रणनीति अघि सारेको छ।