नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३०.८१ प्रतिशतले बढ्यो, प्रमुख सूचकहरुमा सुधार
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल लाइफ इन्सुरेन्सको खुद नाफा ३०.८१ प्रतिशतले बढेर ५१ करोड ३९ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ३९ करोड २९ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा खुद नाफामा सुधार आएको हो । उक्त आम्दानी १८.९७ प्रतिशत बढेर १५ अर्ब २० करोड ३० लाख रुपैयाँ पुगेको छ ।
यता, खुद बिमा शुल्क आर्जन ९.८६ प्रतिशतले बढेर ४० अर्ब ११ करोड २ लाख रुपैयाँ पुगेको छ । कुल आम्दानी १२.३४ प्रतिशतले बढेर ५९ अर्ब १७ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
बिमा कोषको आकार १ खर्ब ९८ अर्ब ३३ करोड रुपैयाँ भन्दा धेरैको छ । चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङमा ५२ करोड ८४ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा छ ।
Visited 1 times, 1 visit(s) today