कुथेली बुखरीको नाफा १ करोड ५७ लाख
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड ५७ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आवको तेस्रो त्रैमासमा यस कम्पनीले १ करोड ४२ लाख नाफा कमाएको थियो । कम्पनीले गत वर्षको चौथो त्रैमासको रिपोर्ट ब्यालेन्स सिटमा उल्लेख गरेको छैन । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ३ करोड ३७ लाख रुपैयाँ रहेको छ ।
यसको वित्तीय खर्च ५९ लाख ८ हजार रहेको छ । अन्य आम्दानी १५ लाख ३३ हजार छ । १२ करोड १८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कुथेलीको जगेडा कोषमा ७ करोड ५५ लाख रुपैयाँले रहेको छ ।
यसको प्रतिसेयर आम्दानी १२.९३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६१.९५ रुपैयाँ रहेको छ । यसको प्रतिकित्ता सेयर भाउ २२०८.८० रुपैयाँ रहेको छ । यो हाइड्रोपावर समूहको सबैभन्दा महँगो सेयर भएको कम्पनी हो ।
Visited 1 times, 1 visit(s) today