नेरुडे मिर्मिरे लघुवित्तको नाफा ६७२ प्रतिशतले बढ्यो
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४४ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६७२.०४ प्रतिशत धेरै हो । यस संस्थाले अघिल्लो वर्ष ५ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी ४३ करोड ६२ लाखबाट बढेर १ अर्ब ३ करोड ८८ लाख रुपैयाँ पुगेको छ । ब्याज आम्दानी बढ्दा नाफामा सुधार आएको हो । यता, कम्पनीको इम्पेयरमेन्ट चार्ज घटेको छ । उक्त चार्ज ७१ प्रतिशत घटेको छ । इम्पेयमेन्ट चार्ज १ करोड ९१ लाखबाट घटेर ५५ लाख रुपैयाँ कायम भएको छ ।
चुक्ता पुँजी १ अर्ब ३९ करोड ७७ लाख ६४ हजार रुपैयाँ रहेको नेरुडे मिर्मिरेको जगेडा कोषमा १ अर्ब २६ करोड ६४ लाख रुपैयाँ जम्मा रहेको छ । यता, वितरणयोग्य नाफा भने ५ करोड २९ लाख रुपैयाँ देखिएको छ । संस्थाको प्रतिसेयर आम्दानी ३१.९८ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १९४.३९ रुपैयाँ छ । एनपीएल ६.६० प्रतिशत कायम भएको छ ।
Visited 1 times, 1 visit(s) today