आयल निगमले बढायो पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य
![Petrol Distribution Petrol Distribution](https://www.arthikpati.com/wp-content/uploads/2024/01/Petrol-Distribution-1-1024x585.jpg)
काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल–मट्टितेलमा २ रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरिएको छ । बुधवार बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुने जनाइएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट बुधवार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।