आठौँ घरजग्गा मेलामा २ अर्ब ५० करोड बढी कारोबार, ४० हजार बढीले गरे अवलोकन
![deep_housing_pokhara deep_housing_pokhara](https://www.arthikpati.com/wp-content/uploads/2023/12/deep_housing_pokhara-810x618.jpg)
काठमाडौँ । आठौँ घरजग्गा मेलामा २ अर्ब ५० करोडभन्दा बढीको कारोबार भएको छ । पुस १२ गतेदेखि सञ्चालन भएको ४ दिने मेलामा २ अर्ब ५० करोडभन्दा बढीको कारोबार भएको नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले जानकारी दिएका हुन् ।
उनले ४० हजार भन्दा बढी अवलोकनकर्ताहरूले मेला अवलोकन गरेको बताए । उनले मेला सोचेको भन्दा पनि राम्रो भएको पनि दाबी गरे । धमलाका अनुसार मेलामा क्रेताहरू र विक्रेताहरू एकै ठाउँमा भेला भई सबै कुरा जानकारी लिएर आफूले लगानी गर्न पाउनु राम्रो हो।
उनले अर्को पटकको एक्स्पोमा झनै विशेष सुविधा र छुटसहित गर्ने प्रतिबद्धता जनाए । लिखित र मौखिक रूपमा सरकारले केही गरोस् भनेर सुझाव दिए पनि काम नबनेपछि व्यवसायीहरू सबै मिलेर मेला गर्दा सफल भएको बताए । उनले २०७६ सालमा भएको मेलामा भन्दा १.५ प्रतिशत बढी व्यापार गरेको बताए। उनले मेलाबाट आशावादी हुने ठाउँ धेरै रहेको बताए ।