‘आँखाको नानी भित्र’मा विकाश र पुनमको रोमान्स
काठमाडौं । गायक मेघ पौडेलको ‘आँखाको नानी भित्र’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । सिडी विजय अधिकारीको शब्द , संगीत रहेको सार्वजनिक गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ ।
गोपाल रसाइलीको एरेन्ज रहेको सार्वजनिक गीतमा मिक्स र मास्टरिङ राजु कार्कीले गरेका हुन् । प्रेम र रोमान्सले भरिएको प्रेमगीतको भिडियोमा एक प्रेमील जोडीको रमाइलो कथालाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

