सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीमको १०% नगदमा मूल्य समायोजन |
काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को १०% नगद लाभांशमा मूल्य समायोजन भएको छ ।
समायोजन गरेपछि मंगलबार सिद्धार्थको सेयर कारोबार ८ रुपैयाँ ८३ पैसालाई आधार मानेर खुलेको छ । सिद्धार्थले १०% नगद लाभांश वितरण गर्न आज (भदौ ७ गते) बुक क्लोज गरेको हो ।
यसर्थ, भदौ ६ गतेसम्म कायम रहने सेयरधनीले लाभांश दाबी गर्न पाउनेछन् ।


