हेरिटेज म्याट्रेसले नयाँ उत्पादन ल्याउने |
काठमाडौं । हेरिटेज समूहले नयाँ योजनाहरु सार्बजनिक गरेको छ । दुई दशक अगाडि कोयर म्याट्रेसको उत्पादनका लागि नयाँ प्रविधि भित्र्याएर आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेलेको हेरिटेज म्याट्रेसले आफूले प्रयोग गर्ने प्रविधिको निरन्तर अद्यावधिक गर्दै आएको छ ।
यहीबीचमा हेरिटेज म्याट्रेसले नवीनतम उत्पादनको रुपमा अर्थो डक्टर म्याट्रेस र बन्डेड म्याट्रेस नेपाली बजारमा ल्याउने भएको हो । नेपाल भरका ३५ विक्रेता तथा सञ्चारकर्मीहरु सम्मिलित कार्यक्रममा कम्पनीका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य संघका कार्यकारी सदस्य हेमराज ढकालले नयाँ उत्पादन घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै ढकालले नेपाली उच्च गुणस्तरीय म्याट्रेस तथा कार्पेट उत्पादन गरि नेपालको आयात प्रतिस्थापनमा हेरिटेजले पुर्याएको चर्चा गर्दै प्रतिस्पर्धी मूल्य र गुणस्तरीय उत्पादनका कारण आफ्ना उत्पादनले सफलता हाँसिल गर्न सक्षम भएको बताए ।


