पोखरा फाइनान्सको खुद नाफा २० प्रतिशतले घट्यो |
काठमाडौं । पोखरा फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २० प्रतिशतले घटेको वित्तीय विवरण सर्वजनिक गरेको छ ।
गत अर्थिक वर्षको असार मसान्तसम्ममा फाइनान्सले १० करोड १३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २०.२७ प्रतिशतले कम हो ।
अघिल्लो आर्थिक वर्षको यहि अवधिमा फाइनान्सले १२ करोड ७० लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
फाइनान्सको खुद व्याज आम्दानी भने १०.९० प्रतिशतले बढेर ३५ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको यहि अवधिमा फाइनान्सले ३१ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा फाइनान्सले १० अर्ब ६२ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरेर ९ अर्ब ३ करोड ५३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
चुक्ता पूँजी १ अर्ब ४ करोड ९ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा ३८ करोड ९१ लख रुपैयाँ सञ्चित रहेको छ ।
यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७३ पैसा, प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ३८ पैसा र मूल्य आम्दानी अनुपात ३६.३७ गुणा रहेको छ ।


