लगानीकर्ताहरुले धितोपत्र बोर्डमा १९ बुँदे ज्ञापनपत्र बुझाए | लगानीकर्ताको माग सम्बोधन गर्न धितोपत्र बोर्ड तयार छ : अध्यक्ष हमाल
काठमाडौं । लगानीकर्ताको माग सम्बोधन गर्न नेपाल धितोपत्र बोर्ड तयार रहेको बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताएका छन् । पुँजी बजार सुधार र विकासको माग राख्दै बोर्डमा ज्ञापन पत्र बुझाउन गएका लगानीकर्तासँग कुरा गर्दै उनले लगानीकर्ताको मागप्रति बोर्ड सकारात्मक भएको बताएका हुन् । उनले अहिले धितोपत्र बोर्डले पुँजी बजार सुधार र विस्तारको लागि काम गरिरहेको जानकारी दिएका छन् ।
उनले भने, ‘लगानीकर्ताको मागप्रति बोर्ड सकारात्क छ । यसमा आवश्यक काम हुन्छ ।’ साथै, उनले लगानीकर्ताको केही माग बोर्डले छिट्टै सम्बोधन गर्ने बताउँदै भने, ‘बोर्डले तत्काल गर्ने सक्ने लगानीकर्ताको केही मागहरु तत्काल पूरा गछौं । राष्ट्र बैंकले गर्नुपर्ने काममा आवश्यक समन्वय गर्नेछौं ।’






