कच्चा तेलको भाउ १४ वर्षयताकै उच्च |
काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य पछिल्लो १४ वर्षयताकै उच्च कायम भएको छ । अमेरिकाले रुसबाट हुने इन्धनको आयात रोक्ने सम्बन्धमा छलफल गरिरहेको बताएपछि त्यसको प्रत्यक्ष असर कच्चा तेलको मूल्यमा परेको जनाईएको छ ।
बीबीसीका अनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल १३९ अमेरिकी डलर पुगेर १३० डलरमा आइ स्थिर भएको छ । जुन सन् २००८ जुलाईपछिकै उच्च हो ।
अमेरिकाले दैनिक आयात गर्ने इन्धनमध्ये रुसको १० प्रतिशतभन्दा बढी रहेको छ । यता, पछिल्लो समय रुसले युक्रेनमा गरेको आक्रमणका कारण इन्धनको आपूर्तिमा समस्या हुन सक्ने भयले पनि लगातार मूल्य बढ्दै गएको छ ।
इन्धनको बढ्दो मूल्यको प्रभाव अरु दैनिक जीवनमा पनि देखिन थालेको छ ।


