दशैंमा ‘केएनपीको रंगमा दंग’, ५ लाख जित्ने यस्तो छ अवसर |
काठमाडौं । जापानिज पेन्ट केएनपीले दशैंको अवसरमा ‘केएनपीको रंगमा दंग’ योजना ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले केएनपी इम्प्रेसन २४ क्यारेट, माइका मार्बल र एक्सल टोटलको भ्याट सहित हरेक ६० हजारको खरिद गरी लक्की ड्रमा सहभागी हुन सक्नेछन् ।
लक्की ड्र मार्फत हरेक हप्ता १ जना भाग्यशाली विजेताले २० हजार जित्न सक्नेछन् । त्यसै गरी योजना अवधिभर १ जना भाग्यशाली विजेताले ५ लाख नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् । यसका साथै ग्राहकहरुले हात खाली नजाने उपहार अन्तर्गत एक थान केएनपी थाली सेट प्राप्त गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।
लक्की ड्रमा सहभागी हुनको लागि ग्राहकहरुले KNP <space> Bill.No <space> Customer Name टाइप गरी ३४००१ मा एसएमएस गर्नु पर्नेछ ।


