सीइडीबी हाइड्रोपावरको नाफा ११०.५९% बढ्यो |
काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षमा आकर्षक प्रगति गरेको छ । केही महिना अघि मात्रै आइपीओ बिक्री गरी नेप्सेमा सूचीकृत भएको यस कम्पनीले खुद नाफा ११०.५९% ले वृद्धि गरी १६ करोड १४ लाख ५२ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यसै अवधिमा भने ७ करोड ६६ लाख ६५ हजार रुपैयाँ मात्र नाफा गरेको थियो ।
सीइडीबीले सेवा शुल्क र अन्य आम्दानी उल्लेख्य रुपमा बढपछि खुद नाफामा आकर्षक सुधार भएको हो । सेवा शुल्कमार्फत आम्दानी ९८.१४% ले वृद्धि गरी १८ करोड ९ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, गत वर्ष १ लाख २० हजार रुपैयाँ मात्र रहेको अन्य आम्दानी अहिले २ करोड ५३ लाख ५ हजार रुपैयाँ पुगेको छ ।
यता, आइपीओ बिक्रीपछि सीइडीबीको सेयर पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुगेको छ । रिजर्भमा २६ करोड ६४ लाख ५७ हजार रुपैयाँ छ । कम्पनीले मुद्दति निक्षेपमा २० करोड रुपैयाँ लगानी गरेको छ । यसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ २३ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ७४ पैसा रहेको छ ।


