सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई फण्डको इकाई मूल्य समायोजन |
काठमाडौं । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम—२ को इकाई मूल्य नेपाल स्टक एक्सचेञ्जमा समायोजन भएको छ।
सिद्धार्थ इक्वीटी फण्डको ३० प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम—२ (क्क्ष्न्क्द्द) को ३० प्रतिशत नगद लाभांश समायोजन भएको हो। मूल्य समायोजनपछि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम—२ प्रतिइकाई मूल्य १२ रुपैयाँ ५३ पैसा कायम भएको छ भने सिद्धार्थ इक्वीटी फण्डको १२ रूपैयाँ ६० पैसा कायम भएको छ।
नेप्सेले साउन ३१ गते आईतबारको अन्तिम कारोबार मूल्यका आधारमा मूल्य समायोजन गरेको हो। सो दिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम—२ १५ रुपैयाँ ५३ पैसामा र सिद्धार्थ इक्वीटी फण्ड १५ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको थियो।
सोमबारको बजारमा दुवै फण्डहरुको इकाई कारोबार उक्त समायोजित मूल्यलाई आधार मानेर खुला हुनेछ। उक्त फण्डहरुले वितरण गर्न लागेको लाभांश साउन २८ गतेसम्म कायम इकाईधनीले मात्र प्राप्त गर्नेछन्।


