काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशन गर्ने तयारी गरेको छ । यसको लागि बरुणले बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । दुवै कम्पनी बिच आइतबार (साउन २४ गते) सम्झौता भएको छ ।