सिभिल लघुवित्तको खुद नाफा ४७५.५५% ले बढ्यो |
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सिभिल लघुवित्त वित्तीय संस्थाले आकर्षक प्रगति गरेको छ । यसअवधिमा खुद नाफा ४७५.५५% ले बढेर ६ करोड ५४ लाख ७१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड १३ लाख ९५ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि आकर्षक वृद्धि भएको छ ।
खुद ब्याज आम्दानी ८०.५९% ले बढेर १७ करोड ४० लाख ७४ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा भने ४५८.०८% ले बढेर ९ करोड ४६ लाख ५६ हजार रुपैयाँ पुगेको छ । जगेडा कोष पनि मजबुत बनेको छ । १ वर्षको अवधिमा जगेडा कोष ४५८.६४% ले बढेर १३ करोड ३६ लाख ५६ हजार रुपेयाँ पुगेको छ ।
अघिल्लो वर्ष १ करोड ७४ लाख ८७ हजार रुपैयाँ रहेको प्रोभिजनमा असार मसान्तसम्म ७५ लाख १७ हजार रुपैयाँ छुट्याएको छ । यसअवधिमा ९० लाख ५ हजार रुपैयाँ राइट ब्याक गरेको छ । प्रतिसेयर आम्दानी २७ रुपैयाँ ०४ पैसा र प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ८५ पैसा छ ।


