दुई कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । कात्तिक १२ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले यस दिन मञ्जुश्रीको ५ प्रतिशत र बरुणको ४.७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात मञ्जुश्रीको शेयरमूल्य ७२३ रुपैयाँ ३३ पैसा कायम भएको छ भने बरुणको शेयरमूल्य ३२३ रुपैयाँ ५३ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार दोस्रो बजारमा मञ्जुश्रीको शेयर प्रतिकित्ता ७५९ रुपैयाँ ५० पैसा र बरुणको शेयर प्रतिकित्ता ३३८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।




