ग्लोबल आइएमई लघुवित्तको खुद नाफा २८३.०९% वृद्धि, प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ७३ पैसा |
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको खुद नाफामा आकर्षक वृद्धि भएको छ । ग्लोबलले २८३.०९% ले खुद नाफा वृद्धि गरी आर्थिक वर्ष २०७७–७८ को अन्त्यसम्ममा २२ करोड ७६ लाख ५४ हजार रुपैयाँ कमाएको छ । खुद ब्याज आम्दानीसँगै सञ्चालन नाफामा सुधार भएपनि खुद नाफा आकर्षक ढंगबाट बढेको होे ।
कम्पनीले रिजर्भ कोष मजबुत बनाएको छ । रिजर्भ कोषमा ३९०.४३% सुधार गरी ३४ करोड ५४ लाख ५५ हजार रुपैयाँ जम्मा गरेको छ ।
यसको निक्षप संकलन र कर्जा लगानी पनि विस्तार भएको छ । खराब कर्जा भने ०.७२% ले बढेर २.६६% पुगेको छ । खुद नाफामा आकर्षक वृद्धि हुँदा प्रतिसेयर आम्दानी पनि राम्रो देखिएको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ७ पैसाले बढेर ५२ रुपैयाँ ७३ पैसा पुगेको छ ।


