सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढ्दा चाँदीको भने घट्यो |
काठमाडौं । सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।
मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।
यता, चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ७० रुपैयाँ रहेको थियो ।


