लक्ष्मणबाबु मेमोरियल ट्रष्टद्वारा गोरखामा स्वास्थ्य सामग्री हस्तान्तरण |
काठमाडौं । लक्ष्मणबाबु मेमोरियल ट्रष्टले गोरखाका विभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
मनकामना केवलकार सञ्चाोलन गरिरहेको कम्पनीको कल्याणकारी संस्थाले गोरखाका कोरोना संक्रमित बिरामीलाई उपचारमा सहयोग पुग्ने सामग्री प्रदान गरेको हो ।
ट्रष्टले आठवटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो । मनकामना हेल्थ पोष्ट, घैरुङ अस्थायी कोभिड अस्पताल,बुङकोट हेल्थपोष्ट,माइ मनकामना सहकारी अस्पताल, इच्छाकामना गाउँपालिकाको आइशोलेसन केन्द्र र मुगलिङ हाइवे हस्पिटललाई उक्त सामग्री दिएको हो ।



